पूर्वाञ्चल खबर
प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनु पर्ने माग गर्दै महिला संघले आज विहान विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा घेराउ गर्दै नाराबाजीसहित दवाव दिएका हुन्् ।
प्रदेश सभापति उद्धव थापालाई महिलाको माग सम्बोधन गर्न माग गरेका थिए । गठबन्धनका नाममा महिलालाई बाईपास गर्न नहुने उनीहरुको माग थियो । सभापति थापालाई भेटेका महिलाहरूले सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् । महिला संघलाई सम्बोधन गर्दै प्रदेश प्रदेश सभापति थापाले संयुक्त राजीनामा दिने अवस्था आउन नदिने जिकिर गरेका छन् ।
सत्तागठबन्धनले चुनावी तालमेल गर्दा प्रमुख एक पार्टीले पाउँदा उपप्रमुख अर्काे पार्टीलाई दिइएकाले दुवै पार्टीबाट पुरुष सिफारिस हुने स्थिति आएको महिला संघको बुझाई छ । त्यसलाई हटाउन महिला अनिवार्य हुनुपर्ने शर्त कायम गराउन दवाव दिइएको हो ।