AArya
RUMPUM
animated ellipse animated ellipse

पोर्टेवल अल्ट्रासाउण्ड मेशिन इटहरी अस्पताललाई प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७८, मंगलवार १७:२५
225
Shares
इटहरी / इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई वोकेर हिडन मिल्ने पोर्टेवल अल्ट्रासाउण्ड मेशिन प्रदान गरेको छ ।

आज एक कार्यक्रमका विच उपप्रमुख लक्ष्मी गौतम र वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई आठ लाख मूल्य पर्ने पोर्टेवल अल्टासाउण्ड मेशिन प्रदान गरे । इटहरी उपमहानगरपालिकामा प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय,करुणा फाउण्डेसन र उपमहानगरको साझेदारीमा संचालित अपाङ्गगता रोकथाम तथा पून स्थापना कार्यक्रम अन्र्तगत सो मेशिन इटहरी अस्पताललाई प्रदान गरिएको हो ।

यो मेशिनको सहायताले गर्भवति आमा तथा वच्चाको मृत्यूदर कम गर्न सकिने उपप्रमुख गौतमले विश्वास ब्यक्त गरिन । उनका अनुसार कार्यविधि वनाएर प्रत्येक वडावाटै महिनाको एक पटक सेवा प्राप्त हुने गरि पोर्टेवल अल्ट्रासाउण्ड मेशिनको प्रयोग गरिने छ । अपाङ्गता भएका गर्भवति महिलाको घरमै पुगेर परीक्षण गर्ने ब्यवस्था मिलाइने उनले जानकारी दिइन् । इटहरी अस्पतालका डा.योगेश चेम्जोङ्गले पोर्टेवल अल्टासाउण्ड मेशिनद्धारा गर्भपरीक्षण गरेपछि आमा तथा वच्चाको मृत्यूदर घटेको दृष्ट्रान्त सुनाए । ११ जिल्लामा सरकारले संचालन गरेको सिइओएमसी कार्यक्रम मार्फत मृत्यूदर ५४९ वाट २४९ मा झरेको वताए ।

कार्यक्रममा करुणा फाउण्डेसनका सुरजकुमार सरदारले ग्रामिण भेगका गर्भवति आमालाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिने वताए । आर्थिक अवस्था कमजोर भएका र अस्पतालसम्म गर्भपरीक्षण गर्न नआउने आमाहरु लाभान्वित हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर