AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०८२, शुक्रबार १८:४०
45
Shares
विराटनगर / नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।

रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले १० हजार २४० मतसहित विजयी भएका हुन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका हुन्। निर्वाचनको आज सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट ६ हजार ७ सय ७८ मतान्तरले विजयी भएका हुन् । एमालेका लिलामणि गौतम ३ हजार ४ सय ६२ मत ल्याइ दोस्रो स्थानमा रहेका छन् ।

यस्तै कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर