खबर पूर्वाञ्चल
तेस्रो लहरमा फैलिएको कोभिड १९ बाट जोगिन अग्रंपत्तीमा खटिने संचारकर्मीलाई संघले माक्स, सेनिटाइजर र सिटामोल बितरण गरेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष ढकाल, सदस्य प्रकाश धिमालले नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । संघले सामाजिक उत्तरदायित्व अन्र्गत संचारकर्मीहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
यसअघि पनि संघले प्रहरी, ज्येष्ठ नागरिक तथा असाय बालवालिकाहरुलाई स्वास्थ्य सामाग्री, खाद्यान्य र स्वास्थ्य शिविरहरु पनि गर्दै आएको छ ।