AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ताप्लेजुङका भरतमणि पौडेल भए दोस्रो सिजनको कमेडी च्याम्पियन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०७८, आईतवार ०७:१०
1.55k
Shares
काठमाण्डौ /ताप्लेजुङका भरतमणि पौडेलले दोस्रो सिजनको कमेडी च्याम्पियन उपाधि जितेका छन् ।

भरतमणिले फाइनलमा भारत सिक्किमका विक्की अग्रवाल र गोर्खाका सन्तोष थापालाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख नगद र कार पुरस्कार पाएका छन् ।

कमेडी च्याम्पियनको पहिलो प्रस्तुति देखिनै सबै दर्शकको साथ सहयोग र माया पाएका भरतमणिले सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो ।

भरतमणिले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा  पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका कारण भरतमणि ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । यो संगै उनले फाइनल सम्म पुग्दा सात पटक ‘पफर्मर अफ द राउण्ड’ को उपाधि पाउन सफल भएका थिए

विक्की कमेडी च्याम्पियनको उपविजेता भएका छन भने थापाले तेस्रो स्थानमा चित्त बुझाए । प्रतियोगिताको उपविजेता बनेका विक्कीले टिभिएस अपाचेु बाइक पाएका छन् । सन्तोषले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर