कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्घमा समर्पित नेपाली भाषामा एक नाटक प्रस्तुत गरेका थिए । उक्त नाटकमा गौतम बुद्घले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिइएको थियो । नाटकमा कक्षा पाँचदेखि दससम्मका विद्यार्थीहरु कलाकारका रुपमा सहभागी थिए । नाट्य मञ्चनको क्रममा बुद्घको भूमिका कक्षा ८ का कृतार्थ श्रेष्ठ र प्रमुख बौद्ध भिक्षुको भूमिका कक्षा ८ कै विपुल प्रधानले निर्वाह गरेका थिए । कार्यक्रमको क्रममा कक्षा २ र ३ का छात्राहरुको ‘ फर्किआऊ सान्ति तिमी ’ र कक्षा ६, ७, ८ र ९ का छात्राहरुको ‘ शान्ति लुकाउँ कहाँ ’ बोलको गीतमा रहेको सामूहिक नृत्य पनि त्यतिकै आकर्षक रहेको थियो ।
कार्यक्रममा विषेश भुमिका निर्वाह गर्ने शिक्षकद्धय विनोद चौधरी र दिपेन्द्र थापा तथा शिक्षिकाद्धय मन्जु प्रधान र अस्मिता भट्टलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मणी राज भट्टराईले धन्यवाद दिएका थिए ।
तपाईको प्रतिक्रिया