खबर पूर्वाञ्चल
आर्थिक वर्ष २०७८–७९ सालको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् । सरकारले निशुल्क खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
कोरोना सङ्क्रमितको उपचारका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ५३ करोड बजेट विनियोजन गरेको उनले बताए ।
· औषधि खरिदका लागि ५ अर्ब ६० करोड
· राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड
· स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड
· स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो
· स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन ७ अर्ब ५० करोड