AArya
RUMPUM
animated ellipse animated ellipse

कार्यान्वयन गर्न माग गर्दै आन्दोलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७३, बुधबार २२:०४
3
Shares
विराटनगर, माघ २६/ स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने ७ टे«ड युनियनले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ख कार्यान्वयन गर्न माग गर्दै आन्दोलन चर्काउने भएका छन् ।
उनीहरुले दफा ९ (ख) कार्यान्वयनसँगै पद/तह व्यवस्थापन नगरेको कारण मोरङ जिल्लामा पनि आन्दोलन चर्काउने भएका हुन् । मोरङका संयुक्त टे«ड युनियन संघर्ष समितिको बुधबार बसेको बैठकले केन्द्रीयस्तरबाटै भइरहेको आन्दोलनलाई सशक्त बनाउन स्वास्थ्य मन्त्रालय केन्द्रीत आन्दोलनमा सहभागीता जनाउन काठमाडौं जाने तथा २८ गतेदेखि सम्पूर्ण नियमित कामकाज बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट संचालन हुने आकस्मीक सेवा बाहेक दैनिक बिरामी सेवा, खोप सेवा, जिल्ला तथा केन्द्रबाट हुने अभियान, तालिम, गोष्ठी पनि बहिष्कार गर्ने जनाइएको छ ।
मोरङमा पदस्थापना अनुसार काम नपाउने कर्मचारीको संख्या १ सय १ जना रहेको संयुक्त ट्रेड युनियन मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर