AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०८२, बुधबार १९:१०
54
Shares
विराटनगर / कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ।

सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको हो।

कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी साथै काठमाण्डौ , पोखरा र भारतको सिलिगुडीबाट एमेचर, सिनियर, जुनियर र महिला गरेर झन्डै ८० जना खेलाडीको सहभागिता हुने जानकारी दिए।

प्याकुरेलले प्रतियोगितामा ग्रस एण्ड नेट , नियरेस्ट टु द पिन , लङेस्ट ड्राइभ लगायत विधामा खेलाडीहरुको प्रतिस्पर्धा हुने बताए। प्रतियोगितामा विजयी हुने खेलाडीलाई मेडल र ट्रफी प्रदान गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर