AArya
RUMPUM
animated ellipse animated ellipse

दुई अध्यक्षविच समन्वय नहुँदा जसपा मोरङमा असन्तुष्टि बढ्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०७७, आईतवार १९:१७
918
Shares
विराटनगर / वैकल्पीक राजनीतिक शक्तिको रुपमा विस्तार हुदै गएको जनता समाजवादी पार्टी मोरङमा दिनादिन असन्तुष्टि बढ्दै गएको छ ।

राष्टिय जनता पार्टी र समाजवादी पार्टी बिच एकिकरण गरेर मुलुकमा वैकल्पीक शक्तिको रुपमा राजनीतिक पार्टी बनाउन वडा स्तर देखि नै संगठन विस्तार गर्दे आएका जनता समाजवादी पार्टी मोरङमा कार्यकर्ता बिच असन्तुष्टि बढ्दै गएको हो ।

एकिकरण पश्चात समायोजन गरेर जिल्ला स्तरमा नेतृत्व चयन गर्ने कार्यविधि केन्द्रीय कार्यसमितिले निर्धारण गरे पनि मोरङ जिल्लामा अध्यक्ष बन्ने मोहले पार्टी भित्र असन्तुष्टि बढेको कार्यकर्ताहरुले बताएका छन् ।

तत्कालिन समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवले मधेश आन्दोलनमा सक्रिय भुमिका निर्भाह गरेका पुराना नेता तथा कार्यकर्ताहरुले जसपामा जोडेन अभियान सञ्चालन गरिरहेका बेला अर्को अध्यक्ष मो कादिरले पार्टीको नाममा एकलोटी रुपमा राहत वितरण गर्ने काम सुरु गर्दा कार्यकर्ताहरुमा असन्तुष्टि बढेको हो ।

मधेश आन्दोलन पश्चात मोरङ निर्वाचन क्षेत्र नम्बर ५ जसपाको आधार भुमि रहेको छ । तर त्यहा“ नेकपाका मधेशी मुलका उम्मेदवार शिवकुमार मण्डल गएको निर्वाचनमा निर्वाचीत भएको थियो ।

राजपा र समाजवादी एकिकरण भएपछि मोरङको निर्वाचन क्षेत्रनम्बर ५का पुराना नेता तथा कार्यकर्ताहरु एकिकरण भए पछि निर्माण भएको जसपमा समेट्न विभिन्न प्रकारका कार्यक्रम गरिरहेका बेला राजपाका तत्कालिन अध्यक्ष मो कादिर पार्टी संग सवन्वय नगरेर राहत विरतण गर्ने काम जसपाको ब्यानरमा सुरु गर्दा पार्टी भित्र मतभेद सुरु भएको बताइएको छ ।

राजपाको अध्यक्ष कादिर पार्टी संग सवन्वय नगरी आफु खुशी राहत लिएर व्यक्तिगत रुपमा पार्टीको ब्यानरमा राहत वितरण गर्न लागेका छन् । उनले राहत वितरण गर्दा तत्कालिन राजपाका केहि केन्द्रीय नेताहरुलाई लिएर जाने गरेका छन् ।

पार्टीको नाममा मो कादिर राहत वितरण गर्दा समाजवादी पार्टीमा आवद्ध स्थानीय नेता तथा कार्यकर्ताले विरोध जनाउदै आएका छन् । राहत वितरण गर्न जादा पार्टी र स्थानीय स्तरका कार्यकर्ताहरु संग सवन्वय नगरेर राहत दिदा संगठन नै धरासयी बन्ने भन्दै स्थानीय कार्यकर्ताहरु अर्को अध्यक्ष राजकुमार यादवलाई दवाव दिन थालेका छन् ।

मोरङ बुधनगरका मो कामिलले भने –‘ राहतको नाममा पार्टीको व्यानर प्रयोग गर्दा आफुहरुलाई स्थानीय कार्यकर्ताहरुले हैरान बनाएको छ ।
सवन्वय गरेर पार्टीले गर्नु पर्ने काम जिल्ला अध्यक्ष कादिरले एकलोटी गरेकाले संगठन नै घरापमा परेको उनले बताए ।

मधेश आन्दोलनको आधार भुमिको रुपमा रहेको निर्वाचन क्षेत्रलाई बलियो बनाउनु पर्नेमा जिल्ला अध्यक्ष कादिरले पार्टी संग सवन्वय नगरेर संगठनलाई कमजोर बनाउन लागेको आरोप उनले लगाए ।

दुई पार्टी एकिकरण भएपछि राजकुमार यादवले पुराना कार्यकर्ता तथा नेता मृतुञ्जय झा , जफर अहमद जमाली सहितका अगुवाहरु संग निरन्तर छलफल गरेर जसपमा आउन घरदलौ कार्यक्रम सुरु गरेका छन ।

जसपा निर्माण भए पछि जिल्ला स्तरमा समायोजनको लागि विभिन्न मापढण्ड निर्धारण गरेको थियो । एकिरण पश्चात जिल्ला स्तरमा पार्टीको नेतृत्व गर्न पार्टीको सगठनको अवस्था , पार्टीको क्रियाशिल सदस्यता , निर्वाचनको मत परिनामको अधारमा तय गरेको थियो । केन्द्रिय समितिको मापढण्ड अनुसार मोरङ जिल्लामा नेतृत्वको लागि समायोजन गर्न पटक पटक गरी आधा दर्जन पटक बैठक हुदा समेत नेतृत्व चयन हुन नसक्दा पार्टी संग सवन्वय नगरी कादिरले मनमर्जी गतिविधि बढाएको कार्यकर्ताहरुले बताएका छन् । यस अघि पनि तत्कालिन राजपामा सक्रिय प्रणली अुनसार आलोपालोमा प्रत्येक दुई महिनामा अध्यक्ष्ँ फेरिनु पर्ने व्यवस्था विपरित कादिरले एकलोटी अध्यक्षको पद छोड्न नमान्दा राजपामा समेत उग्र विवाद भएको थियो ।

राजपामा उग्र विवाद उत्पन हुदा केन्द्रिय कमिटिले कडा निर्देशन दिएर समान्य बनाउने काम गरेको थियो । अहिले पनि कादिर मापढण्ड अनुसार अध्यक्ष्ँ पदको लागि पार्टी संग सवन्वय नगरेर अघि बढ्ने गरेको आरोप कार्यकर्ताहरुले लगाउने गरेको छ । यस विषयमा मो कादिरले भने –‘ म जिल्ला अध्यक्ष हु“ सवै तिर जान अधिकार छ । उनले सवैको सवन्वय गरेर काम गर्ने गरेको बताए । अर्को जिल्ला अध्यक्ष राजकुमार यादवले पार्टीको समायोजन नभएकाले पार्टी संग सवन्वय नगरेर राहत वितरणको काम गर्दा पार्टी भित्र कार्यकर्ताहरु असन्तुष्ट बनेको बताए ।

पार्टीको नाममा राहत वितरण हुदा स्थानीय नेता र कार्यकर्ता संग सवन्वय नभएको गुनासो आफु समक्ष आएको बताए । मनसाय राम्रो भए पनि कार्यकर्ताहरुमा पार्टीको ब्यानरमा राहत वितरण एकलोटी गरेको भन्दै सगठन कमजोर हुने भन्दै गुनासो आएको उनले बताए । पार्टीले राहत दिने विषयमा जिल्ला स्तरमा म सहित अन्य अगुवा कार्यकर्ताहरु संग सवन्वय नभएको जानकारी दिए । कादिरले मोरङ निर्वाचन क्ष्ँेत्रनम्बर ५ अन्तर्गत रानी र बुधनगरमा राहत वितरण गरेका थिए । त्यस पछि पार्टीमा उनको आलोचना र असन्तुष्टि बदेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर