RUMPUM
animated ellipse animated ellipse

कोशी प्रद्रेशका इञ्जिनियर्स लाग्यो चुनाव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०८१, शुक्रबार १२:५९
180
Shares
विराटनगर / नेपाल इञ्जिनियर्स एसोसिएसन कोशी प्रदेशको निर्वाचन आगामी भदौ २८ गते हुने भएको छ ।

इन्जिनियरहरूको छाता सङ्गठन नेपाल इञ्जिनियर्स कोशी प्रदेशको निर्वाचन भदौ २८ गते हुने भएको हो । निर्वाचन दुई समूहबिच प्रतिस्पर्धा हुने बताइएको छ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूह र कम्युनिस्ट निकट संयुक्त प्रगतिशील इञ्जिनियर्स समूहबिच प्रतिस्पर्धा हुने भएको हो ।
काँग्रेसको विरुद्धमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
नेपाली कांग्रेस निकट इन्जिनियरहरूको समूह (सिडेन) को तर्फबाट सभापतिमा जगरनाथ शाह, उपसभापतिमा उमेश तुम्वाहाङ, सचिव अविनाश ठाकुर, सहसचिव पवन कार्की र कोषाध्यक्षमा सुधीर यादवको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्यहरूमा शोभित कामत, निशित मिश्र, नितु कोइराला, प्रशान्त अधिकारी, उज्ज्वल देव, अर्पण राउत, विशालकुमार झा, ज्योतिनारायण चौधरी, सुवर्ण कोइराला र राजकुमार ढकाल छन् ।

कांग्रेसको समूह विरुद्धमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियरहरुको प्रगतिशील समूह प्रतिस्पर्धामा उत्रिएका हुन् । तर पनि कांग्रेस निकट सिडेनकै समूह बलियो भएको बताएको छ ।

प्रगतिशील समूहबाट सभापतिमा प्रदीप नेपाल, उपसभापति राजेशकुमार लभरमण, सचिव सञ्जयकुमार झा, सहसचिव साङ्ग्रीला लामा र कोषाध्यक्षमा शोभित घिमिरे प्रतिस्पर्धामा छन् ।

यस्तै सो समूहबाट सदस्यहरुमा सागर बुढाथोकी, अजयराज श्रेष्ठ, विशाल श्रेष्ठ, राजु अन्सारी, उमेश साह, चन्द्रप्रसाद आचार्य, सुमन दाहाल, दिपाङ्करप्रसाद भगत, केवल परियार र लक्ष्मी आले मगरको उम्मेदवारी छ ।

निर्वाचनमा कोशी प्रदेशस्तरीय चुनावमा एक हजार २१ जना मतदाता रहेको नेपाल इञ्जिनियर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष ई. जयनाथ यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर