AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार विश्वकर्मा सम्मानित हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७७, आईतवार १६:०६
306
Shares
विराटनगर / नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले पत्रकार किशोर विश्वकर्मालाई सम्मान गर्ने भएको छ ।

विराटनगरमा सोमबार संघको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाको अवसर पारेर विश्वकर्मालाई सम्मान गर्ने भएको हो । पत्रकारिताका माध्यमबाट घरेलु तथा साना उद्योगका क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको कारणले पत्रकार विश्वकर्मालाई सम्मान गरिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

तीन÷तीन वर्षमा हुँदै आएको अधिवेशन यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ८ महिना ढिलो गरि हुन लागेको हो । गत ८ मंसिरमा बसेको महासंघ मोरङको कार्यसमिति बैठकले जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको जिल्ला भेला स्वास्थ्य मापदण्ड पालना गर्दै मंसिर २९ गते गर्ने निर्णय गरेको थियो ।

अधिवेशनमा मोरङ जिल्लाभरिबाट एक सय जना बढी प्रतिनिधिहरुको सहभागिता रहने छ । अधिवेशनले महासंघको कार्यसमितिका लागि २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन गर्ने महासचिव गोपाल काफ्लेले जानकारी दिए । उनका अनुसार महासंघ मोरङमा ५ सय बढी उद्यमीहरु संगठित रहेका छन् ।

अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका अर्गानिक चिया, मह, ताजा तरकारी तथा फलफुल, च्याउ, किवी, लत्ताकपडा, ढाकाका उत्पादन, जुत्ताचप्पल लगायत घरेलु तथा सना उद्योगका उत्पादनहरुको प्रर्दशनीसमेत हुने महासचिव काफ्लेले जानकारी दिए ।

उनले अधिवेशनको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिस कुसियतले गर्ने कार्यक्रम रहेको र कोरोना संक्रमणको जोखिमका कारण अनिवार्यरुपमा मास्क स्यानिटाइटरको प्रयोग गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अनुसार कार्यक्रम आयोजना गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर