AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा कोरोना संक्रमित घट्दै. ३ सय ५० डिस्चार्ज, थपिए ३ सय १५

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ कार्तिक २०७७, शुक्रबार १७:०७
513
Shares
विराटनगर / प्रदेश १ मा कोरोना संक्रमित संख्या दिन प्रति दिन घट्दै गएको छ । डिस्चार्ज हुने भन्दा संक्रमितको संख्यामा केहि दिदेखि कमी आएको हो ।

प्रदेश १ मा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३–३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा २–२, भोक्राहानरसिंह, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, विर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २–२, गौरादह, कमल गाँउपालिका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको लाली गुराँसमा ४, म्याङलुङ र छथरमा १– १, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ ह्जार ११७ पुगेको छ ।

प्रदेश १ मा आज ३ सय ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर