पूर्वाञ्चल खबर

भारतीय क्वारेन्टाईनमा नेपालीलाई गर्ने व्यहबार दुख लाग्दो रहेको उनले सुनाए । बुधबार विराटनगरस्थित डिएभी होल्डिङ क्षेत्रमा भेटिएका बादल परियारले भने बासी खाना, दिने नमिठो नराम्रो गाली सुन्ने त दैनिकी नै बनिसकेको थियो ।
उनीहरु बसेको क्वारेन्टाइनमा नेपालीलाई गर्ने व्यहवार र भारतीय नागरीकलाई गर्न व्यहवारमा धेरै भिन्नता रहेको उनले सुनाए । खाने पानी फोहोर दिने गरेको कति दिनसम्म मुखमा घाउ आएर खाना खान पनि नभएको अनुभव परियारले सुनाए ।
सुर्य दल गणका सहसेनानी क्याप्टेन खड्गबहादुर निरौलाको नेतृत्वमा डिएभी स्कुलमा रहेको होल्डिङ क्षेत्रमा बुधबार भेटिएका बादल परियारले आफुहरुलाई भारतको क्वरेन्टाइनबाट चाँडै उद्धार गरिदिन आफ्नो जिल्लाका जनप्रतिनिधीदेखि न्यूज २४ का पत्रकार रवी लामिछानेलाई पनि पटक पटक फोन गरेको उनले बताए । तर आफ्नो दुख कसैले नसुनेको उनले गुनासो गरे ।
बादल परियारसँगै आएका प्रकाश ओली पनि रुकुमबाट रोजिरोटीका लागि भारत पुगेका थिए । नेपालमा रोजीरोटी केहि पनि नभएकाले दुई चार पैसा हुन्छकी भन्ने आशाले भारत पुगेको बताउछन् । उनी पनि नाईट गार्डको काम गर्थे । रुकुमका अधिकांश पुरुषहरु रोजगारीका लागि भारत जाने गरेको उनले सुनाए । ६ महिना भारतमा गएर काम गर्ने ६ महिना नेपालमा काम गर्ने दुईचार पैसा भए बालबच्चा पाल्न सहज हुन्छकी भनेर भारत गएको उनले बताए । उनले भने लकडाउन हुनुभन्दा अगाडी कामई राम्रै थियो १० हजारदेखि १५ हजारसम्म कमाई हुन्थ्यो । लकडाउन घोषणा भएसँगै २५ दिनसम्म त जसोतसो आ–आफ्नै ठाँउमा बसे पनि दैनिकी असहज भएकाले उनीहरु ९ जनाको समूह मिलेर कहिले पैदल, कहिले साईकल गरेर ३ दिनमा बोडर आईपुगेका थिए ।
उनीहरुलाई बोर्डरमा क्वारेन्टाईनमा राखियो । भारतको क्वारेन्टाइनमा २४ दिन रहँदा सडेको भात, दाल दिने गरेको उनले सुनाए । उनले भने भारतको क्वारेन्टाईन होईन जेल हो एक दिन पनि हामीलाई त्यहाँ राम्रो गरेन, नेपाल आए पछि यहाँका नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरीले राम्रो गर्नुभएको छ । उनले थपे भारतमा हामी जस्तै थुप्रै नेपालीहरु अलपत्र परेका छन् बिजोग छ उनले अलपत्र परेका नागरिकलाई चाँडै उद्धार गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन् ।
भारतबाट आउनेको संख्या ५ सय भन्दा बढी रहेको रुकुम आडविसकोट नगरपालिका ११ का वडाध्यक्ष हस्त आग्रीले जनकारी दिए । उनको अनुसार सम्पूर्णका लागि क्वारेन्टाइनको व्यवस्था रहेको छ । विराटनगर, झापामा रहेको रुकुमबासीलाई आज र भोलिसम्ममा जिल्ला प्रशासन कार्यालय रुकुमको समन्वयमा जिल्ला लग्ने निर्णय भएको आग्रीले बताए । उनको अनुसार यात्राको खर्च ५० प्रतिश नगरपालिकाले व्योहोर्ने छ ।