ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’ सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०८१, बिहीबार १६:३६
153
Shares
विराटनगर/ विराटनगर महानगरपालिका–५ कृषिभवन र मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलमा चार दिने वार्षिक स्पोर्ट्स मिट सम्पन्न भएको छ ।

गत आइतबारदेखि सुरु भएर बुधबार समापन भएको स्पोर्ट्स मिटमा विभिन्न रोचक तथा शैक्षिक खेलहरू खेलाइएका थिए ।

विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै आएको स्पोर्ट्स मिटमा स्कुलका सवै विद्यार्थीको अनिवार्य सहभागिता रहेको प्रिन्सिपल विजय दाहालले जानकारी दिए । उनका अनुसार यस वर्षको खेलकुदमा गणित खेल, ड्रयाग द बल, आकृति मिलाउने, खरायो दौड, कार रेसिङ, क्रिकेट, फुटबल, बाधा दौड, भ्यागुतो दौड, बोरा दौड, तीन खुट्टे दौड, धागो र सियो, टावर निर्माण र रिले जस्ता विविध खेलहरू समावेश गरिएका थिए ।

विजेता विद्यार्थीहरूलाई आगामी फागुन २१ गते पुरस्कार वितरण गरिने प्रिन्सिपल दाहालले बताए ।

यस्ता खेलकुद कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनका अनुसार यस्ता खेलहरूले बालबालिकामा टिमवर्क, नेतृत्व क्षमता, रचनात्मक सोच र समस्या समाधान गर्ने क्षमताको विकास गर्छन् ।

यता, स्कुलका पबन्धक निर्देशक पंकज जैनले बाल्यकालमा खेलकुदमा सहभागिता जनाउँदा बालबालिकाको सर्वांगीण विकास हुने बताए । यसले उनीहरूको स्वास्थ्य, शिक्षा र व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पार्ने जैनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर