पूर्वाञ्चल खबर
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका २ खुदियाई जंगलबाट नियन्त्रीत लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
हिजो राती जंगलबाट मोटरसाईकलमा घाँस लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका १ का २४ बर्षीय विवेक राई र २२ बर्षीय भुपेन्द्र राईलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले घाँस भित्र लुकाई छिपाई ल्याउँदै गरेको नियन्त्रीत लागुऔषध डाईजोल्याब ३० एम्पुल , लुजेसिक ३० एम्पुल र फेरागन ३० एम्पुल गरी ९० एम्पुल लागुऔषध बरामद भएको थियो ।
लागुऔषध बरामद भएसंगै मानिस तथा प्रयोग गरेको लु ४६ प ४४८ र स ११ प ४९७५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।