AArya
RUMPUM
animated ellipse animated ellipse

भानुमा लागु औषध सचेतना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७३, शुक्रबार १८:००
3
Shares
७, माघ,विराटनगर/ विराटनगर १४मा रहेको भानु मेमोरियल अंग्रेजी बोडिङ स्कुलमा ‘लागु औषध नियन्त्रण’ सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ ।
शुक्रवार सामुदायिक सेवा केन्द्र तीनपैनीले आयोजना गरेको सो कार्यक्रममा कक्षा ९ र १० मा अध्यनरत एकसय बिद्यार्थीहरु सहभागि थिए । सहभागि विद्यार्थीलाई मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्दिप भण्डारीले लागु औषध सम्बन्धि सहजी कारण गरेका थिए ।
उनले विद्यार्थीहरुलाई लागु औषध दुव्यसनमा फस्ने मुख्य कारण साथीको संगत, प्रेममा बिछोड अभिभावकको हेलचेक्राई रहेको जानकारी दिए । उनले ‘ लागु औषधिलाई सधै नाई भन्न आजै देखि प्रतिवद्धता जनाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र अध्यक्ष मिना जोशिले बिद्यार्थीहरुलाई खैनी, चुरोट, गुट्खाले स्वास्थ्यलाई नकारात्मक असर गर्ने जानकारी दिए । कार्यक्रममा के.आइ.नेपालका सुशील मराठाले मानव बेचबिखन तथा लैंगिक हिंसा सम्बन्धि जानकारी गराएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर