AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विदेशबाट सिप सिकेर आएर विराटनगरमा विरियानी हाउस सञ्चालनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७६, आईतवार १९:३८
3
Shares
विराटनगर / विराटनगर–९ ट्राफिक चौकदेखि दक्षिणमा आज ‘द रोयल बिरयानी हाउस’ खुलेको छ । चार जना युवाले करिब १५ लाख लागतमा बिरयानी हाउस सञ्चालनमा ल्याएका हुन् ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाले उक्त बिरयानी हाउस खोलिएको सञ्चालक पप्पु अन्सारीले जानकारी दिए । खाडी मुलुक साउदीबाट विरयानी बनाउने कम्पनीमा काम गरेर फर्किएपछि आमिर लिम्बु, कमाल श्रेष्ठ, यासीर घिमिरे र अन्सारीसहितको युवाको टिमले बिरयानी हाउस सञ्चालन ल्याएका छन् । यस अघि उनीहरूले सोही ठाउँदेखि अगाडी पनि बियरयानी खोलेका छन् ।

ग्राहकको माग र भिड बढेपछि शाखाको रुपमा बिरयानी हाउस खोलिएको सञ्चालन अन्सारीले बताए । ‘विदेशबाट बिरयानी बनाउने कम्पनीमा काम गरेका पोख्त युवाहरूको टिम बनाएर खोलिएको हो,’ सञ्चालन अन्सारीले भने, ‘स्वदेशमै व्यवसाय सञ्चालन गरिने उद्देश्यका साथ हामीले बिरयानी हाउस खोलिएको हो ।’
सञ्चालनमा आएको हाउसमा विभिन्न प्रकारका बिरयानीहरू पाउने गरेको छ ।

चिकेन, मटन, भेज, फिस र कोप्ता बिरयानी पाउने गरेको छ । ७० देखि २ सय रुपैयाँसम्मको बिरयानी यस हाउसमा पाउने गरेको छ । एकै पटकमा ५० जनालाई खुवाउन सकिने गरि बिरयानी हाउस खोलिएको उनले बताए । यस अघि खोलिएको बिरयानी हाउसमा दैनिक ४ सय जना ग्राहक आउने गरेका थिए ।

विराटनगर क्षेत्रमा पछिलो समय एक दर्जन भन्दा बढी बिरयानी मात्र बनाउने होटल खुलेको छ । विरियानी हाउसको उद्घाटन विराटनगर महानगरपालिका – ९ का वढा अध्यक्ष विश्वनाथ भगतले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर