AArya
RUMPUM
animated ellipse animated ellipse

आधिकारीक उम्मेद्वारलाई पराजित गर्दै राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा पोखरेल विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०७६, शनिबार ०५:२४
3
Shares

काठमाडौैँ / आधिकारीक उम्मेद्वारलाई पराजित गर्दै राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा विराटनगरका रमेश पोखरेल निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार बनेका पोखरेले नेकपा र नेपाली कांग्रेसका संयुक्त उम्मेदवार डिल्लीराम तिवारीलाई ३७ मतले पछि पार्दै पोखरेल उपाध्यक्षमा विजयी भए हुन् ।

काठमाडौँमा सम्पन्न भएको निर्वाचन पछि पोखरेलले १ सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी तिवारीले १ सय ६ मत प्राप्त गरे । पोखरेल नेकपा निटकका सहकारीकर्मी हुन् । उनले पार्टीको तर्फबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई निवर्तमान अध्यक्ष केशव बडाललगायत सहकारीकर्मीको साथ पाएर भारी मतान्तरले विजयी भएको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर