AArya
RUMPUM
animated ellipse animated ellipse

सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत – नेत्री डा. संगौला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७६, सोमबार १४:४१
3
Shares

विराटनगर / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाकी सांसद डा. डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत रहेको बताएकी छिन् ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा राष्ट्रिय सभाका उमेदवारसंग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले भनिन्,‘‘सामाजिक संजालदेखि जनताले गरेको कुराकानी समेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ । कांग्रेसले गरेको विरोधका बाजदुत यो क्रम रोकिएको छैन् ।’’ संग्रौलाले राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वत वर्ग पुग्ने ठाउँ भएकोले योग्य उमेदवारलाई जिताउन आह्वान गरिन् ।

संग्रौलाले केपी ओलीले चुनाव अघि राष्ट्रवादको रट लगाएको तर कालापानी र लिपियाधुराको विवाद उठ्दा भारतले कुटनीतिक रुपमा फुटनोट जारी गर्ने र ओली सरकारले पनि त्यही गरेको आरोप लगाइन् । भनिन्,‘‘केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’’ संग्रौलाले सरकार जनता माझ अलोकप्रिय बन्दै गएको र उसले प्रतिबद्धता जनाएअनुसार काम गर्नै नसकेको स्पष्ट गरे ।
कांग्रेसले प्रदेश १ मा राजेन्द्र घिमिरे, मिना पुलामी मगर र निरबहादुर विश्वकर्मालाई उमेद्वार बनाएको छ । पत्रकार सम्मेलनमा उमेदवार घिमिरेले आफ्नो उमेदवारी व्यवसायिक क्षेत्रको विकासका लागि पनि भएको बताए । भने,‘‘व्यवसायिक क्षेत्रको प्रवद्र्धन अब जरुरी भइसकेको छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर