खबर पूर्वाञ्चल
गत बुधबारदेखि सुरु भएको नमुना महासभा शुक्रबार बेलुका समापन भएको हो । जहाँ विभिन्न देशका प्रतिनिधिहरुलाई विभिन्न देशका पत्रकारहरुले प्रश्न गरेका थिए ।

ग्लोबल हेल्प फाउण्डेशनसँगको सहकार्यमा सम्पन्न नमुना महासभामा कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिएका थिए । विभिन्न ६ वटा सांकेतिक समितिमा विभाजन गरेर विद्यार्थीहरुलाई महासभाको अभ्यास गराइएको हो । संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिई अभ्यास गराइएको छ ।
समितिहरूमा बसेर विद्यार्थीहरुले निशस्त्रीकरण, मानवअधिकार, कोभिड– १९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विषयमा अध्ययन र बहस गरे ।
छोटो समयमा आफूले प्रतिनिधित्व गरेको मुलुकको विषयमा अध्ययन गरेर त्यहाँका विश्वव्यापी मुद्दाको उठान तथा समाधानका लागि तर्क गर्दै नमुना महासभामा विद्यार्थीहरुले कौशलता प्रकट गरे ।
कार्यक्रमले थप जिज्ञासु, अध्ययनशिल बन्न प्रेरित गरेको तथा अन्तर्राष्ट्रिय नीति तथा कुटनीतिक सम्बन्धहरु सिक्ने अवसर प्राप्त भएको विद्यार्थी अनिरुद्र सेढाईंले बताए। अर्का विद्यार्थी इशल भट्टराईले यो कार्यक्रमले विश्वलाई नै बुझ्न सहयोग गरेको बताए ।
समापनका दौरान विभिन्न समितिमा रहेर उत्कृष्ट प्रस्तुति गर्नेहरुलाई सम्मानपत्र र
प्रमाणपत्रले सम्मान गरिएको थियो । समापन समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले यस महासभाको अभ्यासले विद्यार्थीहरुलाई विश्व बुझ्न सहयोग गरेको मात्र नभई क्षमता समेत विकास भएको विश्वास ब्यक्त गरे। उनले एभरेष्ट यस्ता गतिविधिहरुलाई समेत उत्तिकै प्राथमिकतामा राखेको भन्दै चाँडै नेपाल सहित विभिन्न देशका प्रतिनिधी सभाहरूको समेत अभ्यास गराइने बताए।
ग्लोबल हेल्प फाउण्डेशनका निर्देशक प्रकाश खड्काले एभरेष्टमा भएको नमुना महासभा कोशी प्रदेशकै भब्य रुपमा सम्पन्न भएको बताए। उनले एभरेष्ट स्कुलले बनाइदिएको प्लेटफर्मबाट विद्यार्थीहरुले धेरै नै ज्ञान हासिल गरेको विश्वास समेत ब्यक्त गरे।
कार्यक्रममा एभरेष्टका ‘भाइस प्रिन्सिपल’ द्वय टिएन भण्डारी, कुन्दन पुरी, ग्लोबल हेल्प फाउण्डेशनका महासचिव कुँवर दीपंकरलगायतको सहभागिता थियो ।