AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विशेष छुट अफरले जुत्ताचप्पल व्यापार मेलामा ग्राहकको घुइचो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७६, शनिबार १६:३३
3
Shares
विराटनगर । विराटनगरमा सञ्चालन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड बढ्दै गईरहेको छ ।

नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेला पुष १ गतेदेखि सञ्चालमा आएको हो । घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा राखेर जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले पनि ग्राहकलाई आकर्षित गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । नेपालमा नाम चलेका चर्चित ६ वटा ब्राण्डका चुत्ता, चप्पलहरू मेलामा राखिएको छ । मेलामा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ ।

जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले ग्राहकलाई आकर्षित गरेको छ । मेलामा हाल दैनिक हजारौ जुत्ता चप्पल बिक्रि भइरहेको मेला आयोजकको दाबि छ । मेलामा विराटनगर साथै धनकुटा , झापा , सुनसरी साथै भारतीय ग्राहकको पनि भिड देखिन थालेको जुत्ता घरका अध्यक्ष उपाध्यायले जानकारी दिए ।

मेलामा १ सय देखि १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने आयोजकको भनाई छ । मेलामा जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेलामा स्पोर्टस्देखि क्याजुयल, पार्टी वयेर अफिसियल र स्कुल कलेजका विद्यार्थीहरुका लागी समेत सबैमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर