RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगर ल्याउने र ल्याउन लगाउनेसहित तीन पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७६, बिहीबार १४:३६
3
Shares

विराटनगर / भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याउने र ल्याउन लगाउने गरेर तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर लिएर आउँदै गर्दा मोरङको केराबारी गाउँपालिका–१० का २९ वर्षीय अनुज खत्रीलाई पक्राउ ग¥यो । उनलाई ब्राउन सुगर ल्याउन लगाउने ४१ वर्षीय तेजबहादुर लिम्बू र विराटनगर महानगरपालिका–६ का २७ वर्षीय आयुव आलम रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खत्रीले दिएकै जानकारीका आधारमा उनलाई ब्राउन सुगर ल्याउन भारत पठाउने लिम्बू र आलमलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनै जना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन इलाका प्रहरी कार्यालय रानीले आज म्याद थप गरेर अनुसन्धान अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए । उनकाअनुसार सुरुमा जोगवनीबाट एक ग्राम छ सय मिलिग्राम ब्राउन सुगर लिएर आउँदै गर्दा खत्री पक्राउ परेका हुन् । विराटनगर–१५ स्थित विराटनगर भन्सार कार्यालयको एक नम्बर ढाटबाट पक्राउ परेका उनले अरु दुई जनाले आफूलाई ब्राउन सुगर लिन पठाएको बताएपछि लिम्बू र आलमलाई पनि प्रहरीले तत्काल पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेकाहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर