RUMPUM
animated ellipse animated ellipse

हतियारसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०७६, बिहीबार १२:२५
3
Shares

उदयपुर । उदयपुर बेलका ३ सातपत्रे स्थानबाट हतियारसहित १ जना पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले १९बर्षीय मनोजखत्री हतियसारसहित पक्राउ परेका हुन् । खत्रीको साथमा १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

हिजो राती साढे ९ बजे सातपत्रेबाट रामपुरतर्फ आउदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकी सोही ट्याक्टरमा काम गर्ने १८ बर्षीय बिश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल देखाई अपहरण शैलीमा एकान्त स्थानतर्फ लैजादै गरेको अवस्थामा खत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर