खबर पूर्वाञ्चल
विराटनगर जुटमिलको खेलमैदानमा आज भएको पहिलो खेलमा पटनाले विभागिय टिम नेपाल पुलिस क्बलाई १२ रनले र कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरी अन्तिम आठमा पुगेको हो ।
टस जितेर ब्याटिङ रोजेको पटनाले १५दशमलव ५ बलमा सबै बिकेट गुगाउँदै १०३ रन बनाएको हो । पटनाका सचिनकुमार सिंहले १९ बलमा २६ रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । प्रतिकले २२ रन पारी खेल्दा सहिले अविजित १३ रनको योगदान दिए । पटनाका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् ।
पुलिसका श्रवण यादवले कसिलो बलिङ गरे । उनले ३ दशमलव ५ बलमा ९ रन खर्चेर ४ विकेट लिए । रोशन सुवालले ३ विकेट लिँदा रसिब खानले पनि ३ विकेट लिए ।
पटनाले दिएको १०४ रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिसले १७.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो ।
पुलिसका केशवले २० बलमा १७ रन बनाए । उनले ३ चौका मात्रै हिर्काए । एरनले १६ रन बनाउँदा सुबपले ११ रनको योगदान दिए । पुलिसका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् ।
पटनाका सकबुल जैनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सचिन सिंह र हरीले समान २–२ विकेट लिए ।
खेलको प्लेर अफ द म्याच पटनाका सचिन सिंह घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पाए ।
कटिहारको जित
दोस्रो खेलमा कटिहारले सिरहा क्रिकेट ८ विकेटले हरायो । सिराहले १७८ रनको लक्ष्य कटिहारले १४ दशमलव ३ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । कटियारको जितको लागि अंकित सिंहले बिस्पोट ब्याटिङ गरे । उनले ४३ बलमा अर्ध सतक कटाउँदै अबिजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए । त्यसैगरी असुबले अविजित २४ रन पारी खेल्दा आशिषले ३१ र सुजितले ३० रनको योगदान दिए ।सिरहाका बिशाल र सोनम रोयले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको सिराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६७ रन बनाएको थियो । जसमा सिराहाका रुपेशले २० बलमा अबिजित ४७ रन बनाए । उनले ३ छक्का र ६ चौका र्हिकाए । दिपेश दास र सिराहाका ओपनर सोलन साहले समान ३०–३० रनको योगदान दिए ।
कटियारका भानु र प्रनिसले समानले २ –२ विकेट लिए । बुधबार पहिलो खेल बिसीसीए विराटनगर र प्रशान्त क्रिकेट क्लब जोगवनीबिच हुनेछ । सोही दिन हुने दोस्रो आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब बीच हुने खेल तालिका रहेको छ ।
तपाईको प्रतिक्रिया