RUMPUM
animated ellipse animated ellipse

प्रविधिमैत्री शिक्षक समाज सुनसरीको अध्यक्षमा दाहाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार २०:१३
18
Shares

सुनसरी / सुनसरी जिल्लामा प्रविधिमैत्री शिक्षक समाजको जिल्ला भेला तथा जिल्ला सम्पर्क समिति गठन भएको छ ।
विष्णु दाहालको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख रमेशबहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रविधिमैत्री शिक्षक समाजको जिल्ला भेलामा १ नम्बर प्रदेश अध्यक्षय बालकुमार रेग्मीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुका साथै कार्यक्रमको भावी रणनीति बारे प्रकाश पारे ।

वर्तमान समयमा चुनौतीपूर्ण बन्दै गएको शिक्षण पेशालाई आकर्षक पेशा बनाउदै लैजान र शिक्षण सिकाइमा सहजता ल्याउन अहिलेका सम्पूर्ण शिक्षकहरु प्रविधिप्रति परिचित हुनु पर्ने प्रमुख अतिथी दाहालले बताए । प्रविधिमैत्री शिक्षक समाजको आवश्यकता महसुस गरी यहासम्म आइ पुगेको र यस समाजले सुनसरीका सबै स्थानीय निकायहरुसंग समन्वय गरी सबै विद्यालयका प्रविधिप्रति इच्छुक शिक्षकहरुलाई समेट्ने उद्येश्य रहेको कार्यक्रमका संयोजक विष्णु दाहालले बताए ।

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद महाशाखा इटहरीका प्रमुख कुमारी अम्बिका साह एवं दुहवी नगरपालिकाक शिक्षा शाखा अधिकृत विकास घिमिरे लगायत शुभकामना दिदै वर्तमान सन्दर्भमा यो कार्यक्रम शिक्षणमा कोशे ढुंगा हुने कुरा बताएका छन् । प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय सदस्य घनश्याम अधिकारी र पुण्यप्रसाद ढुंगाना तथा निमा पुस्तक प्रकाशनको तर्फबाट डिजिटल शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो ।

विष्णु दाहालको अध्यक्षतामा १९ सदस्यीय सुनसरी जिल्ला कार्य समितिको गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर