AArya
RUMPUM
animated ellipse animated ellipse

स्कूल प्रिन्स एण्ड प्रिन्सेसको फाइनल शनिबार, २७ प्रतिस्पर्धी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७६, बुधबार १९:१७
126
Shares

विराटनगर / स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फिनाले शनिबार विराटनगरस्थित वीरेन्द्र सभा गृह हलमा हुने भएको छ । उक्त प्रतियोगिताको फाइनमा २७ जना प्रतियोगिहरू प्रतिस्पर्धा गर्दैछन् ।

हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेटको आयोजनामा भएको उक्त प्रतियोगितामा अहिले प्रतियोगिहरू बन्द प्रशिक्षणमा छन् । उनीहरूले यस क्षेत्रका विज्ञहरूबाट बन्द प्रशिक्षणमा व्यक्तित्व विकासदेखि ¥याम्प, सामाजिक कार्यको बारेमा जानकारी लिदै आएका छन् । यस अघि उनीहरूले आफनो ट्यालेन्ट शो मा प्रतिभा पनि प्रस्तुत गरे ।

‘सिप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ, जीवन बिमाका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार नगद पुरस्कार प्राप्त गर्ने हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेटका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले बताए ।

प्रिन्समा सुभम कर्ण, तापस प्रधान,आयूस बास्तोला,असिमेश मगर, एलेक्स बस्नेत र रोनक अधिकारी सहभागि रहेका छन् भने प्रिन्सेस् बासुदा सुब्बा, निहारिका अधिकारी, सिमरन साह, इनुश्री राई,विज्ञा दुलाल, रोश्नी भण्डारी,लक्ष्मी राई,एन्जल श्रेष्ठ, दिक्षा खड्का, नितिक्षा बस्नेत, यूनिता कोइराला,सम्वृद्धी बस्नेत, प्रभा अधिकारी, प्रिया सोनार,मुस्कान यादव, केसीका पोखरेल,वर्ष मगर, सारन राई। आयूषा नेपाल, सदिक्षा कोइराला सहभागिरहेको निर्देशक सुशील घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर