पूर्वाञ्चल खबर
खबर पूर्वाञ्चल सम्बाददाता
विराटनगर / पत्रकार कुमार लुईटेलसहित विभिन्न क्षेत्रका सात जना सम्मानित भएका छन् ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले आज विराटनगरमा एक कार्यक्रम आयोजना गरि क्रियाशिल रहेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा महिला उद्यमी चम्पा नेपाल, व्यवसायी सुमित पौडेल, उदयचन्द्र श्रेष्ठ, कलाकार निरोज गौतम, शिक्षक खेम भट्टराई र चन्द्र श्रेष्ठ सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरुलाई जनही नगद ५ हजार रुपैयाँसहित कदर पत्र र दोसल्ला ओढाएर मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले सम्मानित गरेका छन् ।