AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चेतना संरक्षणको कार्यक्रममा ४३ जना स्रष्टा प्रस्तुत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ कार्तिक २०७६, शुक्रबार २०:१४
3
Shares
विराटनगर / चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा ४३ जना स्रष्टाहरु प्रस्तुत भए ।

विराटनगरमा आयोजित ४२ औं शृंखलामा मोरङ, सुनसरीलगायतका जिल्लाबाट उपस्थित स्रष्टाहरु प्रस्तुत भएका हुन् ।

कार्यक्रममा हाँस्यव्यंग्य कवि लावण्य सापकोटा, मधु पोखरेल, हरिप्रसाद बराल, मञ्जुश्री गिरी, सरला चापागाईं, रमेशचन्द्र अधिकारी, शुभलक्ष्मी लम्साल, चूडामणि नेपाल ‘अकिञ्चन’, दिङ्लाली कान्छो, तारानाथ पोखरेल, प्रयाग न्यौपाने, अच्युतप्रसाद खतिवडा, भवानीप्रसाद पोखरेल, मीना श्रेष्ठ ‘सवि’, शिवनारायण पण्डित ‘सिंगल’, लोचन रिजाल, रामबाबु दाहाल, उमानाथ घिमिरे, अर्चना बराल, मञ्जु घिमिरे दाहालले आ–आफ्ना सिर्जना वाचन गरे ।

त्यस्तै राधा भट्टराई, लक्ष्मी पोखरेल, सुधा पौडेल, मञ्जु श्रेष्ठ, प्रिन्स प्रमोदकुमार ढकाल, कविता केशरी, नारायण नेपाल, पिताम्वर पौड्याल, रोहिणी रसिक, जमुना पौड्याल, स्वयम्भुनाथ कार्की, शिवबहादुर अधिकारी, भरत गुरागाईं ‘बर्बरिक’, पूजा बहार, लक्ष्मी रायमाझी, भक्ति दाहाल ‘विस्फोट’, बाबुराम श्रेष्ठलगायतले कविता, गीत, गजल, मुक्तक प्रस्तुत गर्दा दर्शक स्रोता मन्त्रमुग्ध भएका थिए । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार कार्यक्रम गर्दै आएको छ ।

राष्ट्रियसभाका सांसद एवं प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, राष्ट्रिय सांस्कृतिक संस्थानका निवर्तमान महाप्रबन्धक राजेश थापा, अग्रज साहित्यकार बलराम पोखरेल, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, महासचिव उमेश दाहाललगायतले निमयित हुने साहित्यिक कार्यक्रमले स्रष्टाहरुलाई अगाडि बढ्न हौसला प्राप्त हुने विचार व्यक्त गरे ।

प्रतिष्ठानले स्थापितदेखि भर्खर साहित्य सिर्जनामा लागेसहित सबै किसिमका स्रष्टाहरुलाई मञ्च प्रदान गर्दै आएको कार्यक्रमका संयोजक मीनकुमार नवोदितले बताउनुभयो । कार्यक्रममा विराटनगर, इटहरी, दुहबी, झोराहाट, दर्वेशालगायतका पाँच दर्जनभन्दा बढी स्रष्टाहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर