पूर्वाञ्चल खबर
विराटनगर / प्रभावकारी अनुसन्धान गरेर न्याय दिनुपर्ने छुवाछुत पिडितलाई नै पक्राउ गरेर झुठो मुद्दा लगाएको भन्दै दलितहरुले खारेज गर्न प्रशासनमा ज्ञापन बुझाएका छन् ।
सार्वजनिक होटलमा चिया पिउन जाँदा सानो जातको भनेर छुवाछुतको व्यवहार भोग्न बाध्य भएका डिमुने कामीलाई प्रहरीले पक्राउ गरेर झुठो मुद्दा लगाएको भन्दै दलित अगुवाहरुले आज जिल्ला प्रशासन मोरङमा ज्ञापन बुझाएका हुन् ।
भ्mापा , मोरंङ र सुनसरीबाट आएका दलित अगुवाहरुले सहायक सिडिओ सुरेश सुनारलाई ज्ञापन पत्र बुझाउदै मोरङको पथरी शनिश्चरे नपा ४ का ६५ बर्षिय रुद्रबहादुर कटुवाल र ९ नम्बर वडाका होटल सञ्चालक ४५ बर्षिय टलकबहादुर पाण्डेबिरुद्ध छुवाछुत गरेको भन्दै किटानी जाहेरी दिने सोही नपा ४ बस्ने ६० बर्षिया डिमुने कामीलाई नै पक्राउ गरेर प्रहरीले झुठो अभद्र व्यवहार मुद्दा लगाएकोले खारेज गर्न माग गरे ।
कुबेरमान घतानीको नेतृत्वमा डिमुने कामी न्यायिक संघर्ष समिति गठन गरेर आन्दोलित वनेका दलित अगुवाहरुले झुठा मुद्दा खारेज नगरे कडा संघर्ष थाल्ने प्रशासनलाई चेतावनी दिए । उनिहरुले घटनाको निष्पक्ष छानविन र अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग र मुख्य मन्त्रि तथा मन्त्रिपरिष्दको कार्यालय एक नम्बर प्रदेशसँग आग्रह गरेका छन् ।
घटनाको निष्पक्ष छानविन गरेर छुवाछुत पिडितलाई अदालतबाट न्याय दिलाउनुपर्ने , झुठा मुद्दा खारेज गरि पिडितलाई तुरन्त रिहाई गर्नुपर्ने ,घटनाको निष्पक्ष छानविनकालागि समिति बनाएर झुठा मुद्दा लगाउने र दर्ता गर्ने प्रहरीलाई कार्वाही गर्नुपर्ने र बिरामी अवस्थामा रहेका पिडित डिमोने कामीलाई तुरुन्त विना सर्त रिहाई गर्नुपर्ने माग गरेका छन् ।
ज्ञापनपत्र बुझाउन नेकपा प्रदेश नम्बर एकका सदस्य डिवी शाहसंकर , दलित गैरसरकारी सँस्था महासंघका बरिष्ठ उपाध्यक्ष गोपाल लकान्द्रि , बिश्वकर्मा एकता समाजका अध्यक्ष नरेश घतानी , पथरीशनिश्चरे नगरपालिका न्यायिक समिति सदस्य भद्रमान घिमिरे ,मुक्त्ति समाज मोरङका अध्यक्ष जीतनारायण सरदार ,दलित समाज कल्याण संघ मोरङका निर्देशक अमर बराईलीलगायत नेपाल दलितसँघ , दलित सेवा संघका प्रतिनिधि र दलित जनप्रतिनिधिहरु सहभागी थिए ।
सहायक सिडिओ सुरेश सुनारले पिडितलाई झुठो मुद्दा लगाएर झन पिडित वनाएको पाइएमा सबैलाई कानूनी कार्वाही हुने वताए ।
२० असोज दिउँसो मोरङको पथरीशनिश्चरे बजारमा टलकबहादुर पाण्डको चिया पसलमा डिमुने कामी चिया पिउन गएका थिए । तर होटल धनी पाण्डे र ग्राहक पथरी शनिश्चरे ४ निवासी रुद्रबहादुर कटुवालले सानो जातको भनेर डिमोनेलाई जातिय गालीगलौज गर्दै छुवाछुत गरेका थिए । आफुमाथि अमानविय व्यवहार भएको भन्दै २८ असोजमा डिमुनेले जातिय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार इलाका प्रहरी कार्यालय पथरीमा छुवाछुत गर्नेै बिरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । यता प्रहरीले आरोपीहरुसँगै होटल धनीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउ गरेर ३० असोजमा प्रशासनमा चार दिन म्याद गराएको थियो । होटल धनी र उनकी पत्नीले डिमुनेले चिया खाएको १० हजार रुपैया नतिरेको र माग्दा छुवाछुत गरेको झुठो आरोप लगाएको र होटलभित्र बसेर आफुहरुलाई गालीगलौज गर्दै धाकधम्की दिदै अभद्र व्यवहार गरेको उजुरी प्रहरीमा दिएका थिए ।
प्रहरीले छुवाछुत आरोपीहरु पण्डे र कटुवाललाई पक्राउ गरेर जातिय बिभेद तथा छुवाछुत कसुर २०६८ अनुसार जिल्ला अदालत मोरङमा म्याद थप गराएको छ ।
जातिय छुवाछुत कसुर सजाय ऐन २०६८अनुसार कुनैपनि सार्वजनिक र नीजि क्षेत्रमा जातिय बिभेद र छुवाछुत गर्नेलाई ३ महिनादेखी ३ बर्षसम्म कैद सजाय ५० हजारदेखी २ लाख रुपैया सम्म जरीवाना ३ महिनादेखी ३बर्षसम्म कैद वा दुबै र पिडितलाई बिगो अनुसारको क्षतिपुर्तिको व्यवस्था । सरकारी ओहोदाको व्यक्त्ति भए सजाय दोब्बर हुने उल्लेख छ । ऐनमा छुवाछुत गर्न उक्साउनेलाई पनि सजायको व्यव्सथा छ ।