AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्थानीयता बारे जानकारी दिन ल्यायो महानगरपालिकाले नयाँ पाठ्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ श्रावण २०७८, शुक्रबार १९:०२
1.22k
Shares
विराटनगर /नगरक्षेत्रका विद्यार्थीहरुलाई स्थानीय भुगोल,भाषा,पर्व र संस्कृति लगायतका विषयमा विज्ञ बनाउन आधारभुत तहका लागि नयाँ पाठ्यक्रम विकास गरिएको छ ।

कक्षा १ देखि कक्षा ५ सम्म लागु हुने स्थानीय पाठ्क्रमको आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरेका थिए ।

विराटनगरका विद्यार्थीहरुमा स्थानीयतहका भौगोलिक,ऐतिहासिक,धार्मिक र सांस्कृतिक विषयको ज्ञानको कमी थियो । यस्ता विषयलाई समेटेर विद्यालयमा पठनपाठन नहुँदा आफु जन्मेको हुर्केको ठाउँ भएपनि स्थानियताबारे जानकार बन्न सकेका थिएनन् मेयर पराजुली भने । मेयर पराजुलीले विराटनगरका विभिन्न विद्यालय अनुगमन गर्दा विद्यार्थीमा स्थानीयताबारे ज्ञानको कमी भएको पाएका थिए । स्थानियताबारे ज्ञानको कमिका कारण विद्यार्थीमा रचनात्मकताको विकास नहुने भन्दै सानै उमेरदेखि विद्यार्थीलाई स्थानिय भुगोलदेखि भेषभुषासम्मका विषयमा ज्ञान दिनुपर्दछ भन्ने अभिप्रायका साथ मेयर पराजुली पाठ्यक्रम विकासका लागि सक्रिय बने र पाठ्यक्रमको निर्माण भयो ।

यस्तै राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्राबधान अनुसार स्थानिय तहले विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णाङकको स्थानिय पाठ्यक्रम निर्माण गरी लागु गर्न पाउने व्यवस्था अनुसार विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले हाम्रो विराटनगर स्थानिय पाठ्यक्रम कक्षा १ देखि ५ निर्माण गरेको हो । विराटनगर महानगरले विकास गरेको यो पाठ्यक्रम सम्भवत नेपालकै पहिलो हो ।

यो पाठ्यक्रम विराटनगर क्षेत्रका सवै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागु गरिएको छ । यही पाठ्यक्रममा आधारित रहेर नेपाली र स्थानिय भाषामा स्थानिय विषयको पाठ्यपुस्तक प्रकाशित हुने छ ।
प्राध्यापक डा.अनिल पोखरेलको संयोजनमा स्थानिय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम निर्माण गरेको हो । विमोचन कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकारी दुर्गा प्रसाद खतिवडाले पाठ्यक्रमले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्थानिय तहका भुगोल,इतिहास,परम्परा र संस्कृतिको बारेमा जानकार बनाउने बताए ।

संस्थागत विद्यालयका तर्फबाट राजन छराहाङ,शिक्षक महासंघका सचिव डेकबहादुर बास्तोला,नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइराला,विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने,पाठ्यक्रम निर्माण समितिका संयोजक अनिल पोखरेल लगायतले पाठ्यक्रम विकासले विद्यार्थीहरु स्थानियताका बारे विज्ञ हुने र भविष्यमा यस्ता जानकारी जीवन निर्माणमा सहायक बन्ने बताए ।

पाठ्यक्रममा आउने सुझाबहरुलाई आधार मान्दै कक्षा ६ देखि ८ सम्मको परिष्कृत पाठ्यक्रम चाडैनै निर्माण गरिने मेयर पराजुलीले जानकारी दिए । आफ्नो भुगोलमा के कस्तो अबस्था छ भन्ने विषय पाठ्यक्रममा उल्लेख गरिएकाले हजारौ विद्यार्थीहरुका साथै अभिभावकहरु पनि लाभान्वित हुने अपेक्षा महानगरपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर