पूर्वाञ्चल खबर
मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
पथरी शनिश्चरे नगरपालिका ३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रतुवामाई नगरपालिका १० का ४६ बर्षीय विमल न्यौपाने घाईते भई उपचारको लागि पथरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।