पूर्वाञ्चल खबर
सुनसरी / नेपाली सेनाका रत्नजित तामाङ्गले लगातार आठौ पटक योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनको उपाधि उचालेका छन् ।
आठौं पटक उपाधि उचाल्ने क्रममा रत्नले चिर प्रतिद्वन्दि एपिएफका दिपेश धामीमाथि २१–१९,२१–१३ को सोझो जित निकाले । रत्नले दाङ्गमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ब्याडमिन्टन प्रतियोगितामा भएको हारमा मलम लगाएका छन् । उक्त प्रतियोगितामा उनी धामी संगनै पराजित भएका थिए । भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ संयुक्त तेश्रो भए । पहिलो उपाधि भने पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जितेका थिए । यस्तै राष्ट्रिय च्याम्पियन रशिलाले पूर्व विजेता भोजपुरकी नङ्गशलदेवी तामाङ्गलाई पराजित गर्दै पहिलो पटक उपाधि उचालिन् । उनले तामाङ्गलाई २१ –१६, २१–१५ को सहज जित निकालिन । तेश्रो स्थानमा एपिएफकी जेशिका गुरुङ्ग र राजधानी युथ क्लबका सिमा राजबंशी रहे । बिजयी शिर्ष तीनका खेलाडीहरुले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा भएको प्रतियोगिताको पुरुष खुल्ला एकल तर्फ सेनाका पविन लिनथेपले कैलालीका देवराज रानालाई १९–२१, २१–११, २१–११ ले पराजित गरे । तेश्रो स्थानमा एपिएफका प्रियान्सु सिंह क्षेत्री र निराजन देवकोटा रहे ।
यसैगरि महिला एकल खुल्ला तर्फ कैलालीकी प्रार्थना देउवाले उपाधी चुमिन् । उनले जेष्ट ब्याडमिन्टनकी मनिषा खड्का सुरुवातमा नै खेलका दौरान खुट्टामा चोट आएका कारण खेल परित्याग गरेपछि उपाधि जितेकी हुन् । तेश्रो स्थानमा बाँकेकी सुष्मा श्रेष्ठ र जेष्टकी सफी खत्री रहे ।
ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलमा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले बाजी मा¥यो । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई १६–२१, २१–१७, २१–१२ ले पन्छाउँदै उपाधि जितेको हो । बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तेश्रो भयो । यसै गरि महिला युगल तर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गले जित हात पारे । पुजा र जेशिकाको जोडीले सेनाका रशिला महर्जन र रञ्जना भट्टको जोडीलाई २१–१२, २१–१३ ले पन्छाउँदै ट्रफी उचाले । तेश्रो स्थानमा सेनाका अमिता गिरी र अनुमाया राईको जोड ितथा बाँके र राजधानी युथ क्लब, मोरङ्गका संझना शर्मा र सिमा राजबंशी रहे ।
महिला/पुरुष खुल्ला एकल तथा जोडीका बिजयी उच्च तीन स्थानका खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार सहित ट्रफी प्रमाण पत्र प्राप्त गरे । छात्र यु १७ तर्फ एपिएफका प्रियान्सु सिंह क्षेत्रीले बाजी मारे । उनले कैलालीका अमृत चौधरीलाई २१–१२, १८–२१, २१–१२ ले पराजित गर्दै उपाधी हात पारे । तेश्रो स्थानमा कञ्चनपुरका हिमाल चन्द र सेनाका भोजबहादुर गुरुङ्ग रहे । यस्तै छात्रा तर्फ सेनाकी रशिलाले उपाधी चुमिन् । उनले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशीलाई २१–५, २१– ३ ले पराजित गरिन् । तेश्रो स्थानमा राजधानी युथकी रोज पाण्डे र सेनाकी रञ्जना भट्ट रहे । बिजयी शिर्ष तीनले १० हजार, ७ हजार र ४ हजार नगद तथा ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।
भेट्रान्स युगल तर्फ पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यले जित निकाले । विरेन्द्र र महेशको जोडीले धनकुटाका किरण प्रधान र योगश्वर श्रेष्ठको जोडीलाई १८–२१, २१–१९, २१–११ ले पराजित गरे । ईलामका दर्शन भक्तराज र संजय भक्तराज तथा सेनाका सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीले तेश्रो स्थान हात पारे ।