पूर्वाञ्चल खबर
आधुनिकताको बढ्दो प्रभावका कारण लोप हुने अवस्थामा पुगेका मैथिली समुदायका विवाह तथा अन्य संस्कारमा गाइने मौलिक लोकगीतहरूलाई संरक्षण र सम्वद्र्धन गर्न यस पटक ‘गीत–नाद’ प्रतियोगिता यही जेठ ३० गते आयोजना गर्ने संस्थाका अध्यक्ष नवीन कर्णले जानकारी दिए ।
प्रतियोगितामा विराटनगर महानगरपालिकासहित आसपासका विभिन्न पालिकामा मैथली गीत गाउने महिला समूहहरूलाई यस कार्यक्रममा सहभागिता रहने छ । प्रतियोगिताका लागि हालसम्म ३० समूहले सहभागीता हुने जनाएका छन् ।
प्रतियोगितामा महिलाहरुको समूहले मात्र भाग लिने व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कर्णले बताए।
अभियानले विगतमा ‘झुमैत मिथिला, गाबैत मिथिला’ जस्ता साङ्गीतिक कार्यक्रम, दीपोत्सव तथा मैथिल महिलाहरूको सहभागितामा जानकी नवमी भव्य रूपमा सम्पन्न गरिसकेको छ।