AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आइतबारकोभन्दा आज करिव दोब्बरले संक्रमण वृद्धि, आज थपिए १२८३ संक्रमण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७८, सोमबार १७:५९
243
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । आइतबारभन्दा आज करिव ६१० जना संक्रमित बढी हो ।

१ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, उदयपुरमा ६, इलाममा ४, खोटाङमा ३, ताप्लेजुङ, ते¥हथुम, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २७६, बेलबारीमा ३६, सुन्दरहरैचामा १४, बुढीगंगामा १०, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका ५–५, ग्रामथान र पथरीशनिश्चरेमा ४–४, कानेपोखरीमा ३, रतुवामाईमा २, धनपालथान, जहदा र रंगेलीमा १–१, सुनसरीको धरानमा १२१, इटहरीमा ७६, रामधुनीमा ९, इनरुवा र बराहक्षेत्रमा ७–७, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका ४–४, गढीमा ३, भोक्राहानरसिंह, बर्जु र कोशी गाँउपालिकामा २–२, देवानगञ्जमा १ मा संक्रमण देखियो ।

उता झापाको दमकमा ३७, विर्तामोडमा ३१, भद्रपुरमा २४, कनकाईमा २०, मेचीनगरमा १७, शिवसताक्षीमा १५, अर्जुनधारामा ६, गौरादह , हल्दिबारी र स्थानीय तह नखुलेका ४–४, कचनकवल र बुद्धशान्तिमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र उदयपुरगढीमा १–१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचुलीमा १–१, खोटाङको खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, ते¥हथुमको म्याङलुङ, संखुवासभाको मादी र भोजपुरको भोजपुर नगरपालिका १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०७ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र एक महिला छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४५४ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर