RUMPUM
animated ellipse animated ellipse

ग्रासरुट लिग फुटबल को उपाधि हिमशिखर, लिटिल फ्लावर र कचना माबिलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ भाद्र २०७६, शनिबार २०:१९
3
Shares

सुनसरी / सुनसरीमा सञ्चालित जिल्लास्तरीय विद्यालय ग्रासरुट लिग फुटबल प्रतियोगिताको उपाधि हिमशिखर, लिटिल फ्लावर र कचना माबिले जितेका छन ।

छात्रा १३ बर्ष उमेर समुह अन्तर्गतको खेलमा हिमशिखर बोर्डिङ स्कूल इटहरी लिग च्याम्पियन बनेको छ । यस्तै छात्र १० बर्ष उमेर समुह अन्तर्गतको खेलमा लिटिल फ्लावर बोर्डिङ स्कुल इटहरी लिग च्याम्पियन भएको छ । छात्रा १३ बर्ष उमेर समुहमा कचना माध्यमिक बिद्यालय इटहरी लिग च्याम्पियन बन्न सफल भएको छ । विजयी बिद्यालयका खेलाडीहरुलाइ प्रमुख अतिथी एन्फा मानार्थ उपाध्यक्ष किशोर राई, एन्फा सुनसरी अध्यक्ष केशव कार्कीलगायतले पुरस्कार वितरण गरे ।

नेपालमै पहिलो पटक सुनसरीमा सञ्चालित विद्यालय ग्रासरुट लिग आज सम्पन्न भएको हो । लिगमा १३ बर्ष सम्मका उमेर समुहको छात्र छात्राको सहभागिता थियो । इटहरी ३ स्थित बुढासुब्बा खेल मैदानमा लिग भदौ ६ गतेबाट सुरु भएको थियो । प्रतियोगिता संयोजक कोवितजंग कार्कीका अनुसार जिल्लास्तरीय रुपमा सञ्चालन गरिएको प्रतियोगितामा छात्र तर्फ ८ विद्यालय र छात्रातर्फ ४ वटा विद्यालय सहभागी थिए । फुटबल प्रति विद्यालय स्तरदेखि नै आकर्षण बढाउन जिल्ला फुटबल सँघले पहिलो पटक विद्यालय स्तरीय ग्रासरुट लिग प्रतियोगिता आयोजना गरेको हो ।

विद्यालय स्तरदेखि नै सुरु गरिएको यो लिगले स्थानिय स्तरदेखि नै दक्ष र कुशल खेलाडी उत्पादन हुने प्रतियोगिता संयोजक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर