animated ellipse animated ellipse

आत्मनिर्भर बनाउन महिलालाई विराटनगरमा ब्यूटिसियन तालिम सुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ मंसिर २०८०, मंगलवार १८:१६
747
Shares
विराटनगर /विराटनगर महानगरपालिका ४ मा ४५ दिने ब्यूटिपार्लर सम्बन्धी तालिम सुरू भएको छ ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोग र गंगा ब्युटी पार्लर जामुनगाछीको सहयोगमा विराटनगरमा आजदेखि तालिम सुरु भएको हो ।

महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले सुरू भएको तालिममा विराटनगर ४ का ३५ जना महिलाहरुको सहभागिता रहेको गंगा ब्यूटी पार्लरकी संचालक गंगा तामाङले जानकारी दिइन् ।

तालिमको उद्घाटन विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले गरेका थिए । कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्तो सिपमुलक तालिम अपरिहार्य रहेको बताए । गृहणी महिलाहरुलाई सिपसँग जोडेर आत्मनिर्भर बनाएर अगाडी बढाउने उनले बताए ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशकी सदस्य तथा सौन्दर्यकर्मी सन्तोषी श्रेष्ठले तालिममा सिकेको सिप व्यवर्हारमा उतारेर अगाडी बढनुपर्ने बताइन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप मुलक तालिम आजको आवश्यकता भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर