खबर पूर्वाञ्चल
मुख्यमन्त्री राई सरकारी खर्च कटौती गर्न विराटनगर–१३ स्थित सुनसरी मोरङ सिंचाईको भवनमा आवासका लागि सरेका हुन् । यस अघि उनी विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बस्तै आएका थिए ।
सो अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राईले विगतका मुख्यमन्त्रीले सरकारमा दायित्व वृद्धि गरि होटल तथा वहालको घरमा वस्ने गरेकोमा सरकारलाई माथि आर्थिक कम गर्न सरकारी निवासमा वसोवासको व्यवस्था गरेको जानकारी गराए । उनले चार लाख मासिक वहालमा मुख्यमन्त्रीको काठमाण्डौंमा रहेको सम्पर्क कार्यालय बन्द गर्ने बताए ।
मुख्यमन्त्री राईले काठमाण्डौंमा होटलमा नवस्ने प्रतिवद्धता व्यक्त गर्दै सङ्घीय सरकारले उपलव्ध गराएको भवनमा रहने बताए ।
मुख्यमन्त्री राईले गठवन्धन दलको महाधिवेशन समाप्त भएकोले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । मुख्यमन्त्री राईले एउटै मन्त्रालयमा धेरै क्षेत्र गाभिएकोले कामको आधारमा त्यसलाई टुक्राई नौ देखि ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने बताए । मन्त्रालयको कामलाई सहज बनाउनु मन्त्रालय टुक्राउन लागिएको बताए ।