AArya
RUMPUM
animated ellipse animated ellipse

पोखरेलको ‘पत्रैपत्रमा तिमी’ सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७६, शुक्रबार २०:४८
3
Shares

विराटनगर / कवि लक्ष्मी पोखरेलद्वारा लिखित ‘पत्रैपत्रमा तिमी’ कवितासंग्रह विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको कविता संग्रह विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ कवि विष्णुविभू घिमिरे, डा. विमल कोइरालालगायतले संयुक्त रुपमा विमोचन गरे ।

विमोचित कृतिमाथि समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । समालोचक ढुंगेलले पोखरेलको कविता संग्रहले समसामयिक विषयमा सशक्त रुपमा उठाएको बताए । वर्तमान देशलाई बुझ्न कवि पोखरेलको पत्रैपत्रमा तिमी पढ्नै पर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि विष्णुविभू घिमिरे, डा. विमल कोइराला, समालोचक दधिराज सुवेदी, प्राध्यापक कविराज न्यौपाने, सनातन धर्म सेवा समितिका अध्यक्ष शिवदत्त भट्टराई, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले विमोचित कृतिका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कवि भरत गरागाईंले संग्रहभित्रको कविता वाचन गरे । संग्रहमा विभिन्न शीर्षकका ४३ वटा कविता छन् । प्रतिष्ठानले ७६ औं कृतिका रुपमा पोखरेलको कवितासंग्रह प्रकाशित गरेको हो । यसअघि प्रतिष्ठानले ७५ वटा विभिन्न विधाका कृतिहरू प्रकाशित गरिसकेको छ ।

प्रतिष्ठानले प्रकाशित गरेको कृतिले मदन पुरस्कार, प्रतिभालगायतका विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर