RUMPUM
animated ellipse animated ellipse

कोलीफर्मको आशंका गर्दै पानी उद्योगको उत्पादनमा रोक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७६, बुधबार १६:२२
3
Shares

विराटनगर / विराटनगर महानगरपालिका – ७ बुद्धमिलन चौकस्थित ‘ऊ जे.के. पानी उद्योग’ ले सेप्mटी टयाङ्गकी (हर्ज) नजिक प्रशोधित पानी उत्पादन गरिने बोरिङ्ग मेसिन राखिएको फेला परेपछि तत्काल उत्पादन र विक्री वितरणमा रोक लगाएको छ ।

हर्ज छेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ्ग मेसिन रहेकोले खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार दिउँसो अनुगमनको क्रममा फेला पारेपछि तत्कालको लागि जे.के. पानी उद्योगले उत्पादन गर्ने ‘एच टू’ पानी उत्पादन र विक्री वितरणमा रोक लगाएको हो ।

पानी उत्पादन गर्ने बोरिङ्ग मेसिन र हर्ज नजिक भएकोले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने कालीफर्म जिवार्णु हुनसक्ने आशंका गर्दै तत्कालको लागि सो उद्योगबाट उत्पादन हुने पानीको विक्री वितरणमा रोक लगाएको खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए । खाद्य निरीक्षक शंङ्कर न्यौपानेको नेतृत्वमा गरेको अनुगमनको क्रममा हर्ज नजिक बोरिङ्ग मेसिन राखिएको फेला परेपछि कार्यालयले २ थान प्रशोधित पानी सहितको जार ल्याब परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगिएको छ ।

‘नमुना शंकलन गरि २ थान जार परीक्षणको लागि खाद्य प्रविधि कार्यालय लगिएको हो,’ खाद्य निरीक्षक न्यौपानेले भने, ‘पानीमा कालिर्फम देखा पर्ने शौचालयको हर्ज बाटै हो । अनुगमनको क्रमम यस उद्योगमा पनि हर्ज नजिक बोरिङ्ग गर्दै आएको देखियो । यसको नतिजा ल्याब परिक्षण पछि आउनेछ ।’ पानीको ल्याब परिक्षण गरि रिर्पोट नआएसम्म उद्योगले उत्पादन गरिने पानीको विक्री वितरणमा रोक लगाएका उनले बताए । ‘४८ घण्टा पछि पानीको रिपोर्ट आउनेछ,’ उनले भने, ‘कालीफर्म छ या छैन त्यसपछि भन्न सकिन्छ ।’ जितेन्द्रकुमार यादव, ओम प्रकास राउत र कौशलन्द्रकुमार कर्णले संचालन गरेको उक्त पानी उद्योगमा यूपी ल्याप फिलरको ठिक अगाडी नभएको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ मा रहेको प्रावधान अनुसार उद्योग प्रवेश गर्नुभन्दा अगाडी हात धुने बेसन नभएको, जार धुने ठाउँ खुल्ला ठाउँमा रहेको अनुगमनको क्रममा फेला परेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तत्काल सुधार गर्न पनि निर्देशन दिएको छ । उक्त पानी उद्योगले प्यानमा दर्ता भएको र खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दिएको अनुज्ञा पत्र पनि उपभोक्ताले देखिने गरि राखिएको थिएन् ।

पानी उद्योगका संचालक मध्येक एक ओमप्रकाश राउतले दैनिक २ हजार देखि ३ हजार लिटर प्रशोधित पानी उत्पादन गरि विक्री गर्ने गरेकोे जानकारी दिए । उनले आगमी दिनमा प्रशोधित पानी उत्पादन गरिदा अपनाउनुपर्ने सावधानीलाई सुधार गरिदै लैजाने प्रतिवद्धा पनि गरे ।

यस्तो छ कानुनी व्यवस्था
यस अघि प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा गत साउन पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरुको अनुगमनको क्रममा १३ वटा पानी उद्योगमा मानव स्वास्थ्यलाई गम्भिर असर गर्नेे ‘कोलीफर्म’ जीवाणु र पी.एच. कम भेटिएको थियो । खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालयले महानगरपालिका भित्रको १३ वटा पानी उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको गरेको छ । सो मुद्दा अहिले पनि बिचारधिन अवस्था छ । त्यस क्रममा खाद्य अनुज्ञापत्र बेगर सञ्चालन र वर्षौदेखि अनुज्ञापत्र नविकरण नभएको ६ वटा पानी उद्योगमा शीलबन्दी गरिएको थियो । प्रशोधित पानीमा ‘कोलीफर्म’ भेटिएपछि खाद्य ऐन २०२३ खाद्य नियमावली बमोजिम उद्योग विरुद्ध कार्यालयले मुद्दा दायर गर्दै आएको छ । सो मुद्दामा दोषी ठहर भए ५ देखि १० हजार रुपैयाँ जरिवना वा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधन छ ।

‘कालीफर्मयुक्त पानी पिउनाले स्वास्थ्यमा गम्भिर असर’
कोलीफर्म भएको पानी पिउँदा स्वास्थ्यमा गम्भिर असर गर्ने चिकित्सवहरुको भनाई छ । विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार पानीमा कोलीफर्म भएको पानी पिउनाले झाडापाखाला लाग्ने, हेपडाइटी, जण्डिस हुने, मृगौला र कलेजोमा समेत असर गर्ने बताए । ‘कोलीफर्म भएको पानी पिउनाले ज्यानजान सक्ने समेतको खतरा हुनेछ,’ डाक्टर खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर