RUMPUM
animated ellipse animated ellipse

मोरङमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०७६, सोमबार २०:०५
3
Shares

विराटनगर / प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिका भित्र ९३ जनाले रोजगारी पाएका छन् ।

योग्यताको आधारमाा उनीहरुलाई सरसफाई, वृक्षारोपण, विकास निमार्ण अनुुगमनमा परिचालन गरिएको विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले वताए । विकास निमार्णको कामलाई थप प्रभावकारी वनाउने गरि उनीहरुलाई महानगरपालिकाले परिचालन गरेको हो ।

वृक्षारोपणमा २१ जना , विकास निमार्ण सर्वैक्षणमा ७ जना र कर संकलनकार्यलाई प्रभावकारी वनाउँन ५७ जना परिचालन गरिएको छ ।

कार्यक्रमका लागी एक करोड वजेट छुुट्याएको छ । पहिलो चरणमा असार मसान्तसम्मका लागी उनीहरुलाई रोजगारी दिइएको हो । कार्यक्रम अन्र्तगर्त रोजगारीकालागि महानगरपालिकामा १५ सयभन्दा वढिले निवेदन दिएका थिए ।

कार्यक्रमलाई निरन्तरता दिदै नयाँ आर्थिक वर्षदेखि थपलाई रोजगारी दिने महानगरपालिका प्रमुुख पराजुुलीले वताए ।

यसैगरी सुुनवर्सी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १ सय ४४ जनाले रोजगारी पाएका छन् । पत्येक वार्डमा १६–१६ जनाको दरले रोजगारि दिइएको नगर प्रमुुख कालीप्रसाद दासले वताए । सो नगरपालिकामा ९ वटा वार्ड रहेको छ । सो नगरपालिका अधिकांश महिलाहरुले रोजगारी पाएको नगरपालिका प्रमुुख दासले वताए ।

त्यस्तै धनपालथान गाउँपालिकामा पनि १ सय जनाले रोजगारी पाएका छन् । असार १ गतेदेखि सो गाउँपालिकामा कार्यक्रम शुुरु भएको हो । विकास निमार्ण , सहरको सरसफाई, पर्यटकिय स्थल तथा नहर कुुलो निमार्णमा उनीहरुलाई परिचालन गरिएको गाउँपालिका प्रमुुख हरिलाल सिंहले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर