RUMPUM
animated ellipse animated ellipse

इक्वेडरलाई पराजित गर्दै साविक विजेता चिली दोस्रो चरणमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७६, शनिबार ०७:३३
3
Shares

विराटनगर / ब्राजिलमा जारी कोपा अमेरिकामाा साविक विजेता चिलीले लगातार दोस्रो जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ । आज विहान भएको खेलमा चिलीले इक्वेडरलाई २–१ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको छ भने लगातार दुई खेल हारेको इक्वेडर प्रतियोगिताबाट बाहिरिएको छ ।

चिलीको जितमा जोसे पेड्रो फुएन्जालिडा र एलेक्स सान्चेजले गोल गरे भने इक्वेडरका लागि इनर भ्यालेन्सियाले एक गोल फर्काए ।

आठौं मिनेटमा चिलीले अग्रता लिएको थियो। चिलीले जोसे पेड्रो फियोनजालिदाको गोलमा अग्रता लिएको हो । त्यसपछि १ गोलले अघि रहेको चिलीलाई इक्वेडर खेलको २६ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गरेको थियो ।

पहिलो हाफ १–१ को बराबरी सकिएको खेलमा चिलीले एलेक्सिस सान्चेजको गोलमा खेलको ५१ औं मिनेटमा अग्रतालाई दोब्बर र्गयो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । तर ८९ औँ मिनेटमा गाब्रिएल एकिलिएरले रातो कार्ड पाएपछि इक्वेडर केही मिनेट १० खेलाडीमा सीमित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर