AArya
RUMPUM
animated ellipse animated ellipse

खबरपूर्वाञ्चलका संस्थापक श्रेष्ठसहित चार पत्रकार पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०८२, शुक्रबार १६:५३
216
Shares
विराटनगर / खबरपूर्वाञ्चल डट कम अनलाईन पत्रिकाका संस्थापक अनिल श्रेष्ठसहित चार जना पत्रकार पुरस्कृत भएका छन् ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा पत्रकार श्रेष्ठसहित चार जना पत्रकारहरू विराटनगरमा आज एक कार्यक्रमको बीच पुरस्कृत गरिएको हो ।
सक्रिय पत्रकार श्रेष्ठलाई २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार २०८२ प्रदान गरिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवम् नेपाल खोज अनलाइनका सञ्चालक सुवास ढकाललाई ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवम् उद्घोष दैनिकका प्रबन्धक निर्देशक बन्धु पोखरेललाई ५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

कोशी सन्देशकी पत्रकार रोमा दाहाल (निशा) लाई १० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृत पत्रकारहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव एकदेव अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जुङ, सञ्चारकर्मी सञ्चार सहकारी लि.का अध्यक्ष दिपक दाहालगायतले शुभकामना दिए ।

यसभन्दा अगाडि राजेन्द्र दाहाल, प्रमोद प्रधान र मोहन भण्डारी सम्मानित भइसकेका छन् ।

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्ण सम्मानित भइसकेका छन् ।

ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार भीम चापागाईं )इलाम), गजेन्द्र बुढाथोकी (काठमाडौं), अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल र सुशीला पाठक सम्मानित भइसकेका छन् ।

मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार सुशीला पाठक, इन्दिरा भट्टराई, विनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल र जुनु भट्टराई सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर