पूर्वाञ्चल खबर
विराटनगर / कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।
आज विहान भएको खेलमा भेनेजुएलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो ।
ब्राजिल समूह ‘ए’ मा २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । यसअघि ब्राजिलले बोलिभियालाई पराजित गरेको थियो । दोस्रो स्थानको पेरुको पनि ४ अंक नै छ । अब समूह चरणको अन्तिम खेलमा ब्राजिल र पेरुबीच खेल हुनेछ ।
प्रतियोगिताअन्तर्गत बिहीबार विहान सवा ३ बजे कोलम्बिया र कतार तथा सवा ६ बजे अर्जेन्टिना र पाराग्वेबीच खेल हुनेछ।