RUMPUM
animated ellipse animated ellipse

विराट पर्वमा महाभारतको युद्ध(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७५, बुधबार २१:१०
3
Shares
विराटनगरको आरोहण गुरुकुलमा मञ्चित नाटक विराट पर्वमा अभिनय गर्दै कलाकार ।तस्वीर : पुष्पराज थपलिया

विराटनगर / आरोहण गुरुकुलमा सुरु भएको नाटक उत्समा पहिलो नाटक मञ्चन विराट पर्वको गरिएको छ ।

आरोहण गुरुकुल विराटनरले तयार पारेको नाटकमा महाभारत कालिन युद्धको बिषयलाई समावेश गरिएको छ ।

सुमन पोखरेलले निर्देशन गरेको नाटकमा महाभारतकालमा पाण्डवहरु बनबास गएकोदेखि पाण्डव कौरबको युद्धलाई देखाइएको छ । धिरज राईको लेखन रहेको नाटकमा जीवन कुइकेल, सुनिता घिमिरे, उद्धव सापकोटा, दिपा पोखरेल, अशोक गौतम, गौरभ खतिवडा, सन्तोष गौतम, विकास पराजुली, अंकिता विश्वास, रामकुमार प्याकुरेल, सविन दाहाल, दिपेश धिमाल,दिपेश रिमाल, देबेन्द्र यादव र सम्भावना लुइटेलले अभिनय गरेका छन् ।

आजदेखि सुरु नाटक महोत्सव २४ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा नेपालका पाच नाटक सहित बंगलादेश, भारत, श्रीलंका, इटाली र अफगानिस्तानको नाटक मञ्चन हुनेछ । तस्वीर : पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर