पूर्वाञ्चल खबर
मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका -४ हबेली टोलमा आज खाना सर्किएर १ जनाको मृत्यु भएको छ ।
आज विहान खाना सर्किएर सुन्दरहरैचा नगरपालिका -४ हबेली टोलका ५३ वर्षीय छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । आज विहान खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।