AArya
RUMPUM
animated ellipse animated ellipse

जनताका अधिकारलाई स्थापित गर्न सरकारले कानून निर्माण गर्न अग्रसरता देखाउनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७५, शुक्रबार २१:४६
3
Shares
विराटनगर / मानव जातिले मानव जातिलाई गरेको शोषण र दमन दण्डनीय भएको प्रदेश नं.१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङले बताए ।

आज विराटनगरमा भएको मानव अधिकार तथा शान्ति समाजको २१ औ परिषद् बैठकमा सम्बोधन गर्दै प्रा.डा.तुम्वाहाङले नेपालको संविधान मानव जातिको थुप्रै अधिकार स्थापित गरेको बताए । संविधानमा उल्लेखित जनताका अधिकारलाई स्थापित गर्न सरकारले कानून निर्माण गर्न अग्रसरता देखाउनु पर्र्ने प्रा.डा.तुम्वाहाङले चर्चा समेत गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति स्थापना गर्ने कार्यमा मानव अधिकार तथा शान्ति समाजको भूमिका उच्च रहेको बताए । आर्थिक स्वच्छता एवं पारदर्शिता कायम राख्ने, समयको आन्दोलन र मानन अधिकार तथा शान्ति प्रक्रिया संगसंगै लैजाने यो संस्था फरक ढंगको छ भन्दै प्रवक्ता श्रेष्ठले मुलुकमा गणतन्त्र स्थापना गराउन खेलेको भूमिका सराहनीय भएको बताए । उनले मुलुकमा संघीय लोकतन्त्रलाई सही दिशामा डो¥याउन समाजले अझ भूमिका खेल्नु पर्छ भन्दै हाम्रो स्वाधीनता, अखण्डतामा आंच पु¥याउने काम कसैबाट भएमा असहय हुने कुरामा जोड दिए ।

विगतमा सडक तताउने र आन्दोलनमा चरम उत्कर्षमा पु¥याउने समाजले आफ्नो भूमिकालाई अझ निखारेर र तिखारेर लैजानु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सुझाव दिए ।

प्रदेश नं.१ का सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रका हरेक अंग मानवमैत्री बन्नु पर्ने र यसैबाट मानव अधिकार तथा शान्ति कायम हुने विचार व्यक्त गरे । मानव अधिकार तथा शान्ति समाजका अगुवा डा.देबेन्द्रराज पाण्डेले वर्तमान व्यवस्थाप्रति जनताका घृणा बढ्न नदिन सरकार सचेत हुनु पर्ने वताए ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले हाम्रो देशमा विदेशी राष्ट्रको दवाव बढिरहेकोले सार्वभौमसत्ता टिक्न गाह्रो हुने बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सभासदस्य उमिता बराईली,प्रदेश सभासदस्य जयराम यादव, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक हरिबहादुर थापा, अनलाईन खवरका अरुण बराल, भरतबहादुर थापा, कृष्ण कंडेल, डिल्लीबहादुर कार्की, होमकान्त चौलागांई र मानवअधिकारबादी सोमराज थापालगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर