AArya
RUMPUM
animated ellipse animated ellipse

’भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान’ मन्त्री घिमिरेले शूरु गरे,

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७५, बुधबार १७:१०
3
Shares
विराटनगर / भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि शुरु भएको छ ।

विराटनगर महानगरपालिकाकी डेढ बर्षकी बालिका सदिक्षा पन्थीलाई एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज एक कार्यक्रमको बिच जुकाको औषधि तथा भिटामिन ए क्याप्सुल खुवाएर शुभारम्भ गरेका छन् । हनुमान मन्दीर केन्द्रबाट जुकाको औषधि तथा भिटामिन ए क्याप्सुल खुवाउँदै मन्त्री घिमिरेले प्रदेश सरकारले पहिलो पटक अभियानको रुपमा बालबालिका लक्षित गरिएको जानकारी दिए ।

मन्त्री घिमिरेले बालबालिकाको लागि नभई नहुने जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाउने अभियानमा ६ महिना देखि ५ बर्ष सम्मका सबै बालबालिकालाई नछुटाइकन खुवाउँन आग्रह गरे । सवै स्वास्थ्य संस्था, खोप केन्द्रहरुमा १४ र १५ गते प्रदेश भरी नै जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाईने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर