RUMPUM
animated ellipse animated ellipse

रथयात्रामा उल्लेख्य भक्तजन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७५, सोमबार २०:५२
3
Shares
रथयात्रामा सहभागि भक्तजनहरु । तस्वीर पुष्पराज थपलिया
विराटनगर / कृष्ण जन्माअष्टमीको भोलीपल्ट विराटनगरको राधाकृष्ण मन्दीरबाट निकालिएको रथयात्रामा भक्तजनको उल्लेख्य सहभागिता रहेको पाइएको छ ।

आज दिउँसो ४ बजे निकालिएको रथयात्रामा भक्तजनको उल्लेख्य सहभागिता पाइएको हो । ५१ संस्करणको रथयात्राको उदघाटन प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले गरेका थिए । रथयात्राकालागि प्रदेश सरकारले मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको थियो ।

रथयात्रामा बिभिन्न जातजातीले झाँकी तथा संस्कृतिक प्रस्तुतीहरु रहेका थियो । राधाकृष्णको मुर्ती राखिएको रथ भन्दा करिब तीन किलोमिटर अघि सम्म विभिन्न जातीय संस्कृति तथा झाँकीहरु प्रस्तुत गरिएको थियो ।

गतबर्ष सडक बिगिएका कारण पूरा रुट नहिडेको रथयलाई यस बर्ष भने पूरानै रुट अनुसार घुमाएको छ । विराटनगर पानीटंकी चोक स्थीत राधाकृष्ण मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी हुदै पुन मन्दीर परिषर पानीटंकमा पुगेर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर