पूर्वाञ्चल खबर
‘संसारका मजदुर एक होऔं’ भन्ने मूल नाराका साथ आज पथरीशनिश्चरेमा कार्यक्रममा भएको हो । अखिल नेपाल ट्रेड युनियन केन्द्रीय सचिवालय सदस्य उपेन्द्र रायले भने – ‘मजदुर ऐन बनेको वर्षाै बितिसक्दा पनि कार्यान्वयन हुन नसकेकोमा हामी दुखी छौं ।’ यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राई, एनएलजी इन्सोरेन्स पथरी शाखा प्रमुख खगेन्द्र कंडेल र पूर्ण कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा लाखबहादुर मोक्तानको अध्यक्षमा पथरीशनिश्चरे नगर कमिटी गठन पनि गरिएको छ । यसैगरी उपाध्यक्षमा इन्द्र पाण्डे, सचिवमा दिपेन्द्र भण्डारी, सह–सचिवमा यदुबल्लभ दुलाल, कोषाध्यक्षमा कुमार मगर र सल्लाहकारमा पन्च बहादुर राई चयन भएका छन् ।